ASP.NET Community द्वारा आयोजित OnePoint Presents ".NET Conf 2024 AspnetCommunity Kathmandu Nepal" कार्यक्रम भव्य रूपमा सम्पन्न
ASP.NET Community द्वारा आयोजित OnePoint Presents ".NET Conf 2024 AspnetCommunity Kathmandu Nepal" कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं, मङ्सिर १ गते - हालै सम्पन्न ".NET Conf 2024 AspnetCommunity Kathmandu Nepal" कार्यक्रमलाई ASP.NET Community को आयोजनामा ASP.NET Community ले सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम काठमाडौंको कान्तिपुर सिटी कलेज, पुतलीसडक मा भएको थियो।
कार्यक्रमको सुरुवातमा समुदायका सदस्यहरूले उपस्थितहरूलाई स्वागत गरेका थिए भने OnePoint का बोर्ड सल्लाहकार विकास नाहटा ले विशेष स्वागत मन्तव्य दिए। करिब १३० जनाको सहभागिता रहेको यस कार्यक्रममा विविध प्राविधिक प्रस्तुति र ज्ञानवर्द्धक सत्रहरू प्रस्तुत गरिएको थियो।
प्रमुख विषयवस्तुहरू
कार्यक्रममा विभिन्न उद्योगका विज्ञहरूले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। प्रस्तुत विषयवस्तुहरू निम्नानुसार थिए:
“What is New in .NET 9”
प्रस्तोता: अलोक कुमार पाण्डे, Founder Nepal Mentor | Microsoft Developer Technologies MVP
“Top 10 Transactional Database Mistakes, and How to Avoid Them”
प्रस्तोता: श्री खनाल, Founder & Director @ SQLHELPS | Microsoft Data Platform MVP
“Implementing Robust Authentication and Authorization for Enhanced Security”
प्रस्तोता: प्रशान्त ढेवालु, MCT Microsoft 365 | Office Apps & Services MVP (२०१७-२०२१)
“Journey from Developer to CEO”
प्रस्तोता: नीरज ढुंगाना, CEO Swift Technology
“From Code to Co-Founder”
प्रस्तोता: बिक्रम दुवाल, Co-Founder @ OnePoint
“Achieve More by Doing Less”
प्रस्तोता: प्रकाश अर्याल, Director of Engineering @ Infinite Computer Solutions
“Customer-Centric Development”
प्रस्तोता: तोशिका ओझा, Customer Success Specialist @ zakipoint Health
प्रश्नोत्तर सत्र
कार्यक्रमको अन्त्यमा सबै प्रस्तोताहरूसँग प्रश्नोत्तर सत्र को पनि आयोजना गरिएको थियो जसले सहभागीहरूलाई प्रत्यक्ष रूपमा विशेषज्ञहरूसँग अन्तर्क्रिया गर्ने अवसर प्रदान गर्यो।
यस कार्यक्रममा सहभागीहरूबीच उत्साह र सकारात्मक ऊर्जा देख्न पाइयो। ASP.NET Community ले प्राविधिक समुदायलाई सशक्त पार्न यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ।
कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा आयोजक, सहभागिता जनाउने सबै प्राविधिक विशेषज्ञ, र सहभागीहरूलाई धन्यवाद व्यक्त गरिएको छ।